राजनीतिराष्ट्रिय समाचारहेडलाइन

प्रचण्डलाई कसले बनाउँदैछ प्रधानमन्त्री ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

गठबन्धनको बलमा सरकार बनाउनुपर्ने भएकाले प्रधानमन्त्रीमा आलोपालो गर्नुपर्छ भन्नेमा पनि कांग्रेस एकमत छ । तर पहिले को प्रधानमन्त्री हुने भन्नेमा न कांग्रेस एकमत छ, न प्रचण्ड र देउवाबीच नै कुनै सहमति जुटेको छ । बरु प्रचण्ड आफैंले एमालेका दोस्रो तहका नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार आफूले कखरा सिकेको महेन्द्र आधारभूत विद्यालय, कास्कीको हिरक जयन्ती महोत्सवमा सहभागी हुन पुगे । अन्नपूर्ण गाउँपालिका–१ स्थित नगडाँडामा प्रचण्डले आफ्नो बाल्यकाल मात्र सम्झिएनन्, अबको योजना पनि सुनाए ।

‘सायद अब धेरै वर्ष छैन मसँग । तपाईंहरुको आशिर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम ग¥यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु र यो मेरो तेस्रो कार्यकाल हुनेछ ।’ अर्थात उनी प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

निर्वाचन आयोगले बुधबार नै प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । भोलि बिहीबार विहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउने छ । लगत्तै सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

त्यही बेला माओवादी अध्यक्ष प्रचण्डले छिट्टै आफू प्रधानमन्त्री हुन लागेको बताएका छन् ।

 

माओवादी अध्यक्ष प्रचण्डले चुनाव अघिदेखि नै पहिलो खेपमा प्रधानमन्त्री हुने चाहना देखाएका थिए । निर्वाचन परिणाम माओवादीको प्रतिकुल आएपनि सरकार गठनमा महत्वपूर्ण भूमिका हुने भएकाले उनले त्यो दाबी छाडेका छैनन् ।

कसले बनाउँदैछ त प्रचण्डलाई प्रधानमन्त्री ? संसदमा सत्ता गठबन्धन बहुमत (१३८) नजिक छ । तर गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री जस्ता प्रमुख पदको भागवण्डा भइसकेको छैन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सबभन्दा ठूलो दल हो, कांग्रेस । ८९ सांसद भएकाले प्रधानमन्त्रीमा कांग्रेसको स्वभाविक दाबी छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा लगायतका नेता प्रधानमन्त्रीका आकांक्षी हुन् । यद्यपि जो संसदीय दलको नेता चुनिन्छ उसले नै सरकारको नेतृत्व गर्ने अवस्थामा कांग्रेसबाट को प्रधानमन्त्री हुने भन्ने विवाद देखिन्न ।

गठबन्धनको बलमा सरकार बनाउनुपर्ने भएकाले प्रधानमन्त्रीमा आलोपालो गर्नुपर्छ भन्नेमा पनि कांग्रेस एकमत छ । तर पहिले को प्रधानमन्त्री हुने भन्नेमा न कांग्रेस एकमत छ, न प्रचण्ड र देउवाबीच नै कुनै सहमति जुटेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले चुनाव अघिदेखि नै पहिलो खेपमा प्रधानमन्त्री हुने चाहना देखाएका थिए । निर्वाचन परिणाम माओवादीको प्रतिकुल आएपनि सरकार गठनमा महत्वपूर्ण भूमिका हुने भएकाले उनले त्यो दाबी छाडेका छैनन् । चुनावपछि गठबन्धनमा आवद्ध दलका नेताहरुसँग भएको भेटमा उनले प्रष्ट शब्दमा पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेको बताएका छन् ।

एकीकृत समाजवादीको पनि उनलाई साथ छ । एकीकृत समाजवादीका नेताहरुको विश्लेषणमा कांग्रेसबाट प्रधानमन्त्रीमा देउवाको साटो नयाँ अनुहार आउने सम्भावना छैन । देउवालाई नै प्रधानमन्त्री बनाउँदा अहिलेकै सरकारको निरन्तरता जस्तो हुने र जनतामा उत्साह ल्याउने सक्दैन । साथै प्रतिपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको सांसदमा सामना गर्न पनि प्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री बनाउन उपयुक्त हुने नेताहरु बताउँछन् ।

कांग्रेसकै संस्थापन इतर समूह पनि देउवाको साटो प्रचण्ड नै प्रधानमन्त्री होस् भन्ने चाहन्छन् । उनीहरुको तर्क पनि एकीकृत समाजवादीको भन्दा फरक छैन । देउवालाई नै प्रधानमन्त्री बनाउँदा अहिलेकै सरकारको निरन्तरता हुने, सरकारले काम गर्न नसकेको अपजस पार्टीले बोक्नुपर्ने उनीहरुको तर्क छ ।

तर यो सबै मान्न र प्रचण्डलाई प्रधानमन्त्रीमा पालो दिन कांग्रेस सभापति देउवा तयार भएका छैनन् । ७८ वर्षको उमेरमा हिँडिरहेका देउवा २ वर्ष कुर्ने पक्षमा छैनन् । प्रधानमन्त्रीमा आफ्नो निरन्तरता चाहेका उनी संसदीय दलको नेताका लागि बहुमत जुटाउन लागिपरेका छन् । देउवा निकट कांग्रेस सांसद रमेश लेखक भन्छन्, ‘पहिलो चरणमा देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

 

एमालेसँग निरन्तर सम्वाद

देउवा प्रधानमन्त्रीमा पालो दिन तयार नभएपछि माओवादी नेताहरु एमाले नेताहरुसँग निरन्तर सम्वादमा छन् । आइतबार मात्र प्रचण्ड आफैंले पार्टी महासचिव देवप्रसाद गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पठाएका थिए । ‘एमालेको धारणा सुन्न पठाएका हौं,’ माओवादीका एक नेता भन्छन्, ‘कांग्रेसले आन्तरिक राजनीतिलाई देखाएर अन्यथा निर्णय लिने स्थिति आउनसक्छ । शक्ति सन्तुलनका लागि पनि एमालेसँग सम्वादमा बस्नुपर्छ ।’

माओवादी अध्यक्ष प्रचण्ड आफैंले पनि एमालेका दोस्रो तहका नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् । मतगणनाको प्रारम्भिक रुझान आएलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर सम्वादको ढोका खोलेका थिए । माओवादी नेताहरुले बताएअनुसार एमाले नेताहरु पहिलो पालो प्रचण्डलाई सरकारको नेतृत्व दिनसमेत सकारात्मक छन् । तर पहिला गठबन्धनबाट अलग हुनुपर्ने शर्त छ ।

कतिपय एमाले नेताहरुले कांग्रेस र एमाले मिलेर सरकार बनाउने विकल्प अघि सारेका कारण पनि प्रचण्ड विश्वस्त हुन नसकेको नेताहरु बताउँछन् । ‘अहिलेसम्म सत्ता गठबन्धनकै सरकार बन्ने सम्भवना छ,’ स्रोत भन्छ, ‘प्रधानमन्त्रीमा प्रचण्डकै सम्भावना छ । अन्तिममा देउवा मान्छन् भन्ने उहाँको विश्वास देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *