अर्थ

ऋणीलाई थप ऋण दिने परिपाटी रोक्दा विरोध भइरहेको हो-गभर्नर

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले एउटै ऋणीलाई ऋण थपिरहने परिपाटीलाई राष्ट्र बैंकले नियन्त्रण

गरिरहेको कारण व्यवसायीहरूबाट विरोध भइरहेको बताएका छन्।

नेपाल बैंकर्स एसोसिएसनको ३६औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

‘अहिले अर्थतन्त्रमा राम्रा पक्ष पनि छन्’, अधिकारीले भने, ‘अहिले बैंकहरूले चलाइरहेको अस्थायी तरलता सुविधा ५ अर्ब मात्र छ, तर व्यवसायीहरूले पुरानो ऋण तिर्न नै थप कर्जा माग्ने परिपाटीले विरोध आएको हो।’

उनले पुरानै ऋणीले थप ऋण लिइरहँदा निक्षेपको समेत वृद्धि नहुने गरेको बताए।

उनले कर्जा र निक्षेप अनुपातको नयाँ नियमले केही दबाब परेको भने स्वीकार गरे।

उनले अहिले बैंकहरूले निक्षेपको दोहोरो गणना गर्ने परिपाटीमा सुधार गरिएको उनले बताए। यसबाट करिब ९० अर्ब बराबरको निक्षेपको दोहोरो गणना भइरहेकोमा यो हटेको बताए।

उनले विश्वभर अर्थतन्त्रमा समस्या रहेको समयमा सबैले सहनु पर्ने पनि बताए।

संघले पूर्व गभर्नर तिलक रावललाई सम्मानित समेत गरेको छ।

सभाले संघको कार्य समिति सदस्यमा नेपाल एसबिआइ बैंकका सिइओ दिपक कुमार डे र माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई दोहोर्‍याएको छ।

यस्तै, एभरेष्ट बैंकका सिइओ सुदेश खलिंङलाई समेत सदस्य चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *