अर्थराष्ट्रिय समाचारसूचना-प्रविधि

नेप्सेमा १७ अंकको वृद्धि, १ अर्ब ३६ करोडको सेयर किनबेच

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब १६ अंकले बढेको छ । अघिल्लो दिन करिब ३२ अंकले घटेको नेप्से सोमबार करिब १६ अंकले बढेको हो । बजार बढेपछि समग्र नेप्से परिसूचक १ हजार ९ सय २.२८ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.९० प्रतिशतले बढेको हो ।

 

 

सोमबार २२ हजार ९ सय ३३ वटा कारोबारबाट ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर किनबेच भएका छन् । ती किनेबचबाट १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार बढी हो । आइतबार १ अर्ब १० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 

 

पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उकालो लाग्न थालेपछि सेयर बजार ओरालो लाग्न थालेको थियो । यसअघि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु करिब ३२ सय नजिक पुगेको थियो । त्यस उचाइबाट ओरालो लागेको नेप्से आइतबार १ हजार ८ सय ८५ विन्दुमा ओर्लेको थियो । सोमबार फेरि बढेर १९ सय भन्दा माथी पुगेको छ । यो सँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण २७ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *