राजनीति

माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता केसीबीच भेटवार्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — नेकपा   केन्द्रका अध्यक्ष   र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । नेता केसीले सोमबार दिउँसो सिंहदरबारमा अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेका हुन् ।भेटमा दुई नेताबीच चुनावी परिणाम, नयाँ सरकार गठन र संसद् सञ्चालन लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो ।

अध्यक्ष दाहालले कांग्रेसभित्रको आन्तरिक समीकरण र संसदीय दलको निर्वाचनका विषयमा चासो राखेका थिए । वर्तमान सत्ता गठबन्धनको सरकार निर्माण र त्यसकालागि भइरहेका प्रयासबारे समेत दुई नेताबीच छलफल भएको छ ।

नेता केसीले अध्यक्ष दाहालसँग सामान्य शिष्टाचार भेट गरेको बताए । ‘भेट भयो, बधाइ र शुभकामना आदान प्रदान भयो,’ उनले भने, ‘अहिलेको चुनावी परिणाम, सरकार सञ्चालन लगायत विषयहरुमा पनि छलफल भयो ।’ नेता केसीले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निवासमै पुगेर भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *