धर्म-संस्कृतिराष्ट्रिय समाचारसमाचार

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, साउन (रासस) :

आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।

‘गरौँ योग, रहौँ निरोग : मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकाउनुभएको समूहका महासचिव प्रदीपराज वन्तले बताउनुभयो ।

उक्त अवसरमा गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाउनुभएको थियो । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उहाँको भनाइ थियोे ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *