आलेख/अग्रलेख

अमेरिकी राष्ट्रपति निर्वाचन : रोचक तथ्यहरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY
अमेरिकी राष्ट्रपति
प्रेमबहादुर सिंह

सेप्टेम्वर १७, १७८७ मा फिलाडेल्फिया सम्मेलनद्वारा पारित संयुक्त राज्य अमेरिकाको संविधानको अनुच्छेद (Article) ७ बमोजिम ९ वटा राज्यबाट अनुमोदन भएपछि संविधान लागु हुने व्यवस्था अनुरुप संवैधानिक सम्मेलनको प्रक्रियाबाट निर्माण भएको संयुक्त राज्य अमेरिकाको संविधान मार्च ४,१७८९ देखि लागु भएको हो । संविधान लागु भएदेखि आजको मिति सम्म (२३१ वर्ष सम्म) २७ पटक संविधान संशोधन भइ अमेरिकी संविधान गतिशील दस्तावेजको रुपमा क्रियाशील छ । संविधानको उत्कृष्टता कागजमा भन्दा पनि कार्यन्वयनमा देखिने भएकोले राज्यका तीनै अंग विधायिका, कार्यपालिका र न्यायपालिका संविधान कार्यान्वयनमा प्रतिबद्घ एवं जिम्मेवार हुनु आवश्यक छ । संविधान निर्माणको उपयुक्त विधि,प्रक्रिया र विश्वव्यापी मूल्य, मान्यता एवं आफ्नो देशको विशिष्टतालाई समावेश गरी संविधान निर्माण गर्ने र संविधानको अक्षर एवं भावना तथा देशको आवश्यक्ता र जनचाहना अनुरुप राज्य संचालन हुने हो भने मात्र संविधानको सफलता र मुलुकको उन्नति समंभव हुन्छ भन्ने तथ्य संयुक्त राज्य अमेरिकाको संविधान अन्तर्गत अमेरिकाले गरेको विकास र प्रगतिले पुष्टि हुन्छ ।

संयुक्त राज्य अमेरिकाको संविधान लागु भएपछि पहिलो पटक अप्रिल ३०,१७८९ मा भएको प्रथम अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अमेरिकी स्वतन्त्रता संग्रामका सर्वोच्च कमाण्डर एवं अमेरिकाका राष्ट्रपिता George Washington प्रथम अमेरिकी राष्ट्रपति र John Admas उपराष्ट्रपति निर्वाचित हुनु भएको थियो भने हालै नोभेम्वर ३,२०२० मा सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा Joe Biden ४६ औं राष्ट्रपति र Kamala Devi Harris ४९ औं उपराष्ट्रपति निर्वाचित हुनु भएको छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन विभिन्न चरणमा लामो प्रक्रिया पुरा गरेपछि मात्र सम्पन्न हुने गर्दछ । राष्ट्रपति निर्वाचन हुने साल भन्दा अघिल्लो सालको मार्च महिना देखि शुरू भएर निर्वाचन हुने सालको आउदो वर्षको जनवरी महिनाको २० गते सम्पन्न हुन्छ, अर्थात सन् २०२० सालको राष्ट्रपतिको निर्वाचन सन् २०१९ मार्च देखि शुरू भएर सन् २०२१ जनवरी २० मा सम्पन्न हुन्छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनको पहिलो चरणमा निर्वाचन हुने साल भन्दा अघिल्लो सालको मार्च देखि मे सम्म ३ महिनामा राष्ट्रपति पदमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदारी सार्वजनीक गर्ने गरिन्छ । सन् २०२० को राष्ट्रपति निर्वाचनमा Republican Party बाट बहालवाला राष्ट्रपति Donald Trump का अतिरिक्त ३ जनाले उम्मेदवारी घोषणा गर्नु भएको थियो भने Democrat Party का तर्फबाट Joe Biden का अतिरिक्त २७ जनाले राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्नु भएको थियो जसमा Democrat Party का ७८ वर्षिय Bernie Sanders र हालकी उपराष्ट्रपतिको उम्मेदवार Kamala Devi Harris सहित २७ जना हुनुहुन्थ्यो । सवैले आफ्नो उम्मेदवारी परित्याग गरेपछि Republican Party का तर्फबाट बहालवाला राष्ट्रपति Donald Trump र उपराष्ट्रति Mike Pence तथा Democrat Party को तर्फबाट Joe Biden र Kamala Devi Harris राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार वन्न सफल हुनु भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने अघिल्लो सालको जुन महिना देखि निर्वाचन हुने सालको जुन महिना भित्र राज्यहरुले “प्रारम्भिक” र पार्टीहरुले “ककस” को आयोजना गरी उम्मेदवारहरुको सम्वन्धमा प्रारम्भिक छलफल गर्ने र राष्ट्रपति उम्मेदवार मनोनयनको लागी आयोजना हुने राष्ट्रिय सम्मेलन (National Convention) को लागी प्रतिनिधि चयन गरिन्छ । तेस्रो चरणमा निर्वाचन हुने सालको जुलाई देखि अगष्टसम्म पार्टीहरुले राष्ट्रिय सम्मेलनको आयोजना गरी राष्ट्रपति उम्मेदवारको अन्तिम टुङ्गो लगाउॅछन् । यस पछि शुरू हुन्छ निर्वाचनको महत्वपूर्ण निर्वाचन प्रचार अभियानको चौथो चरण । निर्वाचन प्रचार अभियान सेप्टेम्वर देखि अक्टोवर अन्तिमसम्म सञ्चालन हुन्छ जसमा राष्ट्रपति, उपराष्ट्रपति, राजनीतिक दल र समर्थकहरुले आ-आफ्नो उम्मेदवारको पक्षमा निर्वाचन अभियान सञ्चालन गर्दछन । राष्ट्रपति निर्वाचनमा Presidential debate लाई विशेष महत्वपूर्ण मानिन्छ । Commission on Presidential debate ले आयोजना गर्ने Presidential Debate राष्ट्रपतिका लागी ३ पटक र उपराष्ट्रपतिका लागि १ पटक आयोजना हुने गर्दछ । निर्वाचन प्रचार अभियान र राष्ट्रपति वहश कार्यक्रमले मतदातलाई उम्मेदवार बारे जानकारी पाउने र आफ्नो धारणा बनाउन मद्दत गर्दछ ।

निर्वाचन प्रचार अभियान पछि पाँचौ चरणमा आउछ मतदान दिवस । संयुक्त राज्य अमेरिकामा हरेक २/२ वर्षमा मतदान दिवस (Election Day) तोकिएको हुन्छ । नोभेम्वर महिनाको पहिलो सोमबार पछिको मंगलबारको दिनलाई निर्वाचन दिन तोकिएको हुन्छ । यस प्रकार अमेरिकाको निर्वाचन २ नोभेम्वर देखि ८ नोभेम्वरको वीचमा पहिलो सोमबार पछिको मंगलबारको दिन निर्वाचन हुने गर्दछ । सन् २०२० को निर्वाचन दिवस नोभेम्वर ३ तारिखमा सम्पन्न भएको छ । निर्वाचन दिवसलाई Super Tuesday पनि भन्ने गरिन्छ ।

अमेरिकाको राष्ट्रपतिको निर्वाचन केबल राष्ट्रपति र उपराष्ट्रतिको निर्वाचन मात्र नभएर यो अमेरिकाको आम निर्वाचन हो । यो निर्वाचन दिवसमा संघीय प्रतिनिधि सभाका ४३५ सदस्य, सिनेटका एक तिहाई सदस्य, राष्ट्रपतिको निर्वाचनको लागी निर्वाचक मण्डल (Electoral College) का ५३८ सदस्य, राज्य प्रतिनिधि सभा सदस्य र राज्य सिनेट सदस्य, रिक्त रहेको राज्यका गभर्नर एवं लेफ्टिनेन्ट गभर्नर, मेयर, काउन्टिका पदाधिकारीहरुको समेत निर्वाचन हुन्छ । यो निर्वाचनमा राष्ट्रपति निर्वाचनको लागी निर्वाचक मण्डलका सदस्य चुनिने र राष्ट्रपतिले लोकप्रिय मत (Popular Vote) प्राप्त गर्ने मात्र हो । यस दिनमा राष्ट्रपतिको बास्तविक निर्वाचन भएकै हुदैन । यस दिनमा राष्ट्रपतिको उम्मेदवारले प्राप्त गरेको लोकप्रिय मत र निर्वाचन मण्डलका निर्वाचित सदस्यहरुको आधारमा को राष्ट्रपति हुन्छ भन्ने सामान्य आकलन मात्र गर्ने हो । वास्तविक तस्विर आएकै हुदैन ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष होईन,अप्रत्यक्ष प्रणाली बाट हुन्छ । प्रत्यक्ष मतदानबाट प्राप्त गरेको मतले निर्वाचक मण्डलका सदस्यहरुलाई जिताउन मद्दत गर्नुको साथै राष्ट्रपति उम्मेदवारको लोकप्रियताको मापन हुन्छ । तर प्रत्यक्ष मतदानबाट जतिसुकै मत ल्याए पनि अमेरिकामा राष्ट्रपति निर्वाचनमा विजयी हुदैन । राष्ट्रपति निर्वाचनमा विजय हुनका लागि ५३८ निर्वाचक मत मध्ये कम्तिमा २७० निर्वाचक मत हासिल गर्न जरुरी हुन्छ ।

अमेरिकामा ५० वटा राज्यहरु छन । प्रत्येक राज्यबाट जनसंख्याको आधारमा अमेरिकी कंग्रेसमा (प्रतिनिधि सभा+सिनेट) प्रतिनिधित्व गर्ने सदस्य संख्या तोकिएको हुन्छ । अमेरिकामा ५० वटा राज्यमा जनसंख्याको आधारमा ४३५ प्रतिनिधि सभा सदस्य र प्रत्येक राज्यबाट २/२ जनाको दरले सिनेटरको प्रतिनिधित्व गर्ने व्यवस्था छ । यसरी प्रतिनिधि सभा सदस्य ४३५ र सिनेटर १०० गरि अमेरिकी कंग्रेसको सदस्य संख्या ५३५ हुन आउछ । प्रत्येक राज्यबाट प्रतिनिधि सभा सदस्य र सिनेटरको संख्या जोडेर हुन आउने संख्या बराबर सो राज्यबाट निर्वाचक मण्डलका सदस्य निर्वाचित हुन्छन । उदाहरणको लागी क्यालिफोर्निया राज्यबाट सवैभन्दा वढी प्रतिनिधिसभा सदस्य ५३ जना र २ जना सिनेटर सहित ५५ जना सदस्यको कंग्रेसमा प्रतिनिधित्व हुन्छ भने अलास्का लगायत ७ वटा राज्यबाट एक जना प्रतिनिधि सभा सदस्य र २ जना सिनेटर गरी ३ जनाको प्रतिनिधित्व हुन्छ । एवं रितले अन्य राज्यहरुबाट जनसंख्याको आधारमा कंग्रेसमा प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ । कंग्रेसमा सवैभन्दा कम प्रतिनिधित्व गर्ने राज्य सरहको हैसियत District of Columbia लाई प्रदान गरिएकोले अमेरिकी कंग्रेसका ५३५ सदस्य र District of Columbia का ३ सदस्य जोड्दा निर्वाचक मण्डलको संख्या ५३८ हुन आउछ । निर्वाचक मण्डलको कुल ५३८ संख्याको आधा+एक अर्थात २६९+१=२७० संख्या राष्ट्रपति निर्वाचनको न्यूनतम कोटा मानिन्छ ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा Republican Party बाट बहालवाला राष्ट्रपति Donald Trump र उपराष्ट्रपति Mike Pence तथा Democrat पार्टीबाट राष्ट्रपतिमा Joe Biden र उपराष्ट्रपतिमा Kamala Devi Harris मात्र निर्वाचनमा उम्मेदवार हुनुहुन्छ भन्ने खालको प्रचार संचार माध्याममा भईरहेको पाइन्छ । बास्तविकता त्यस्तो होईन। सन् २०२० को राष्ट्रपति/उपराष्ट्रपत पदको निर्वाचनमा Republican पार्टीबाट Donald Trump र Mike Pence, Democrat पार्टीबाट Jo Biden र Kamala Devi Harris, Liberitarian पार्टीबाट Jo Jorgensen र Spike Cohen, Green पार्टीबाट Howie Hawkins र Angela Walker, Alliance पार्टीबाट Rocky De La Fuente र Darcy Richardson, Party For Socialism And liberation बाट Gloria La Riva र Sunil Freeman, Birthday Party बाट Knyewest र Michelle tidball, Constitution पार्टीबाट Don Blankenship र William Mohr, American Solidarity पार्टीबाट Brian T.Carroll र Amar Patel, Socialist Workers पार्टीबाट Alison Kennedy र Malcolm Jerette, Progressive पार्टी बाट Dario Hunter र Dawn Neptune Adams, Independent बाट Brock Pierce र Carla Ballard लगायत विभिन्न पार्टी र स्वतन्त्र गरी राष्ट्रपतिको निर्वाचनमा १२१६ उम्मेदवारहरु चुनावी मैदानमा छन । अमेरिकी निर्वाचन अति खर्चिलो छ ।सवैलाई चुनावका लागि आवश्यक साधन श्रोत जुटाउन सम्भव हुदैन । यसैले अमेरिकाको राष्ट्रपति निर्वाचनमा Republican पार्टी र Democrat पार्टी बाहेकका उम्मेदवारहरुको निर्वाचन जित्ने समंभावना नगन्य भएता पनि शिक्षा, स्वावस्थ्य, सुरक्षा, जलवायु परिवर्तन, नागरिक सुरक्षा, अर्थ, जातीय विभेद, कानून, रोजगारी लगायतका मुद्दामा राष्ट्रको ध्यान आकर्षण गर्न विभिन्न उम्मेदवारहरु चुनावी मैदानमा उत्रन्छन । कतिपय राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुका समर्थकहरु संघीय कंग्रेस, राज्य कंग्रेस लगायत काउन्टीहरुको निर्वाचनमा विजयी पनि हुने गरेका छन । मत गणनामा Democrat पर्टीका राष्ट्रपति उम्मेदवार Joe Biden ७,९३,७७,१४७ (५१.%) मत, Republican उम्मेदवार Donald Trump ले ७,३५,२२,२६४ (४७.२%) मत, Libertarian पार्टीका उम्मेदवार Jo Jorgensen ले १७,८२,४०१ (१.२%) मत, Green पार्टीका उम्मेदवार Howie Hawkins हकिन्सले ३,६७,८१२ (०.२%) मत र अन्यले ४,०८,६२६ (०.३%) मत प्राप्त गरेका छन ।
Republican पार्टीको चुनाव चिन्ह ‘हात्ती’ हो भने Democrat पार्टीको चिन्ह ‘गधा’ हो । त्यस्तै Republication पर्टीको झण्डाको रङ्ग रातो र Democrat पार्टीको झण्डाको रङ्ग नीलो छ । कुल ५० राज्य मध्ये २६ राज्यमा Republication पार्टीको सरकार र गभर्नर छन भने २४ राज्यमा Democrat पार्टीको सरकार र गभर्नर छन् । राजनीतिक प्रभावका हिसावले अमेरिकाका ५० राज्यलाई Red state, Blue state र Purple State गरी ३ वर्गमा वर्गीकरण गर्ने गरिन्छ । Red र Blue state लाई Safe State पनि भनिन्छ । Red state मा Republican पार्टीको बर्चस्व छ भने Blue state मा Democrat पार्टीको वर्चस्व छ । Purple state लाई Swing state (अनिश्चित राज्य) भनिन्छ । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जर्जिया -१६, नर्थ क्यारोलीना -१५, एरिजोना -११, फ्लोरिडा -२९, आईओवा -६, मिचिगन-१६, नेवाडा -६, न्यु ह्याम्सपायर -४, ओहिओ -१८, पेन्सिलभानिया -२०, टेक्सास -३८ र वीस्कन्सिन-१० गरी १२ राज्यलाई Swing state (अनिश्चित राज्य) मानिएको छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा Swing state नै निर्वाचनको युद्ध भूमि हुने गर्दछ । यसैले Swing state लाई Battle Ground (युद्ध भूमि) भन्ने गरिन्छ ।

अमेरिकामा मत गणना गर्दा ५० राज्य मध्ये ४८ राज्यमा “जित्नेले सवै लिने” (Winner Take All) सिद्धान्त लागु गरिन्छ । यसको अर्थ ५० प्रतिशत भन्दा वढी मत प्राप्त गर्ने उम्मेदवारले सम्वन्धित राज्यको सवै निर्वाचक मत प्राप्त गर्छ । मैने राज्यका ४ र नेव्रास्का राज्यका ५ मत भने Congressional District Method का आधारमा प्राप्त हुन्छ ।

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति पद अत्यन्तै शक्तिशाली मानिन्छ । अमेरिकामा उपराष्ट्रपति पद पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । अमेरिकाको उपराष्ट्रपति सिनेटको अध्यक्ष, राष्ट्रपति प्रशासनको अभिन्न अंग,राष्ट्रपतिको प्रमुख सल्लाकार,राष्ट्रिय सुरक्षा परिषदको वैधानिक सदस्य(Statutory Member),राष्ट्रपतिको Governing Partner र राष्ट्रपतिको प्रतिनिधि हुने को साथै अमेरिकाको राष्ट्रपतिको पद कुनै कारणले रिक्त भएमा उपराष्ट्रपति राष्ट्रपति हुने व्यवस्था छ ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुनका लागि संयुक्त राज्य अमेरिका मै जन्मेको (Natural Born Citizen),कम्तिमा १४ बर्ष संयुक्त राज्य अमेरिकामा बसोवास भएको र कम्तिमा ३५ बर्ष उमेर पुगेको ब्यक्ति अमेरिकाको राष्ट्रपतिका लागि योग्य हुने संयुक्त राज्यको संवैधानिक ब्यबस्था छ ।

अमेरिकामा १४ डिसेम्वरमा राष्ट्रपति उपराष्ट्रपतिको वास्तविक निर्वाचन शुरु हुन्छ । निर्वाचक मण्डल (Electoral College) का सदस्यहरु आ-आफ्नो राज्यको राजधानीमा उपस्थित भई राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्छन । प्रत्येक राज्यले ती मत पेटिकाहरु संघीय कंग्रेसमा पठाउँछन । ६ जनवरीमा संघीय कंग्रेसको संयुक्त वैठकमा मत गणना गरिन्छ । मत गणना पछि कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गरेमा विजय भएको घोषणा गरिन्छ । यदि कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिको हकमा प्रतिनिधिसभाले र उपराष्ट्रपतिको हकमा सिनेटको आकस्मित बैठक वसी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिन्छ । प्रतिनिधि सभाले राष्ट्रपतिको निर्वाचन गर्दा एक राज्य एक मतका आधारमा निर्वाचन गरिन्छ । ५० मत मध्ये २६ मत प्राप्त गर्ने उम्मेदवारलाई राष्ट्रपति पदमा विजय भएको घोषणा गरिन्छ भने उपराष्ट्रपति पदको निर्वाचनमा सिनेटको बहुमत ५१ मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ । २० जनवरीको दिन अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्ययाधिशबाट शपथ ग्रहण गरेपछि अमेरिकाको राष्ट्रपतिले पद बहाली गर्छन, जसलाई Inaugural Ceremony भनिन्छ ।

अमेरिकी राष्ट्रपति निर्वाचन र अमेरिकी राष्ट्रपतिसंग जोडिएका अनेकौ कीर्तिमान एवं रोचक तथ्यहरु जानकारी दिने उध्येश्यले अमेरिकी राष्ट्रपति/उपराष्ट्रपतिको संक्षिप्त जानकारी देहाय वमोजिम छ :-

१. President – George Washinton – Unaffiliated – जीवनकाल-फेब्रुअरी २२,१७३२-डिसेम्बर १४, १७९९। कार्यकाल अप्रिल-३०,१७८९-मार्च ४,१७९७ । १. Vice President – John Adams-Federalist Party-कार्यकाल – १७८८-१७९७ ।
– George Washington अमेरिकाको प्रथम राष्ट्रपति ।
– अमेरिकी स्वतन्त्रता संग्रमको सर्वोच्च कमाण्डर ।
– अमेरिकाको राष्ट्रपिता ।
– अमेरिकाको हुलाक टिकटमा देखिने पहिलो राष्ट्रपति ।
– निर्वाचनमा सवै निर्वाचक मत (Electoral vote) प्रप्त गर्ने पहिलो राष्ट्रपति ।
– नामको पछाडी (Submarine) लेखिने पहिलो राष्ट्रपति ।
– कुनै राजनीतिक दलसंग आवद्ध नभएको पहिलो स्वतन्त्र राष्ट्रपति ।

२. President – John Adams – Federalist Party – जीवनकाल-अक्टुबर ३०,१७३५ -जुलाई ४,१८२६ ।कार्यकाल मार्च ४,१७९७ – मार्च ४, १८०१। २. Vice President – Thomas Jefferson-Democrat – Republican Party-कार्यकाल-१७९७-१८०१ ।
– John Adams उपराष्ट्रपति पछि निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– अमेरिकाको Founding Father मध्येको राष्ट्रपति।
– मार्च ४ मा पदबाहली गर्ने पहिलो राष्ट्रपति ।
– संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतको प्रधानन्ययाधिशबाट शपथ लिने पहिलो राष्ट्रपति ।
– स्वतन्त्रताको घोषणा पत्रमा हस्ताक्षर गर्ने पहिलो राष्ट्रपति ।
– दोस्रो कार्यकालमा पराजित हुने पहिलो राष्ट्रपति ।
– उतराधिकारीको पदबहालीमा उपस्थित नहुने पहिलो राष्ट्रपति।
– ९० वर्ष बाच्ने पहिलो राष्ट्रपति ।

३. President – Thomas Jefferson-Democrat – Republican Party-जीवनकाल-अप्रिल १३,१७४३ -जुलाई ४, १८२६।कार्यकाल-मार्च ४, १८०१- मार्च ४, १८०९ । ३. Vice president – Aaron Burr – Democratic Republican Party – कार्यकाल-१८०१-१८०५ ।४.Vice President-George Clinton-Democratic Republican Party-कार्यकाल-१८०५-१८१२ ।
– Thomas Jefferson अमेरिकाको founding father मध्येको राष्ट्रपति ।
– वाशिंटन डि .सि. मा पद बहाली गर्ने पहिलो राष्ट्रपति ।
– बहालवाला राष्ट्रपतिलाई हराउने पहिलो राष्ट्रपति ।
– पहिलो राष्ट्रपति जसको निर्वाचनको निर्णय प्रतिनिधि सभाबाट भएको थियो ।

४. President – James Madison-Democratic – Republican Party – जीवनकाल-मार्च १६, १७५१-जुन २८, १८३६। कार्यकाल – मार्च ४, १८०९ – मार्च ४, १८१७। ५. Vice President – Elbridge Gerry – Democratic Republican Party – कार्यकाल-१८१३- १८१४।अप्रिल २०, १८१२ र नोभेम्बर २३, १८१४ पछि रिक्त।
– James Madison अमेरिकाको Founding Father मध्येको राष्ट्रपति।
– युध्दको घोषणा गर्न प्रतिनिधि सभालाई सोध्ने पहिलो राष्ट्रपति।
– युध्दकालिन Commander-in-Chief भइ सेवा गर्ने पहिलो राष्ट्रपति।
– Pocket Veto जारी गर्ने पहिलो राष्ट्रपति।
– अमेरिकाको प्रतिनिधि सभामा काम गरेको पहिलो राष्ट्रपति।

५. President – James Monroe – Democrat – Republican Party – जीवनकाल- अप्रिल २८, १७५८-जुलाई ४,१८३१। कार्यकाल – मार्च ४,१८१७-मार्च ४, १८२५।
६. Vice President – Daniel D. Tompkins – Democratic Republican Party – कार्यकाल – १८१७-१८२५।
– James Monroe अमेरिकाको सिनेटमा काम गरेको पहिलो राष्ट्रपति।
– स्टीमबोट चढ्ने पहिलो राष्ट्रपति।

६. President – John Quincy Adams – National Republican Party – जीवनकाल – जुलाई ११,१७६७ – फेब्रुअरी २३, १८४८।कार्यकाल-मार्च ४,१८२५- मार्च४,१९२९। ७. Vice President – John C.Calhoun – Democratic-Republican Party-कार्यकाल-१८२५/१८३२।
– John Quincy Adams पूर्ब राष्ट्रपतिको छोरा पहिलो राष्ट्रपति।(जोहन आडम्सको कान्छो छोरा।
– ह्वाइट हाउसमा छोराको बिबाह गर्ने पहिलो राष्ट्रपति।
– ईलेक्टोरल मतबाट बहुमत पाप्त गर्न नसकि प्रतिनिधि सभाट निर्वाचित पहिलो राष्ट्रपति।
– राष्ट्रपति पछि संघीय कंग्रेसमा सेवा गर्ने पहिलो राष्ट्रपति।

७. President – Andrew Jackson – Democrat party-जीवनका – मार्च १५,१७६७-जुन ८,१८४५। कार्यकाल-मार्च ४,१९२९-मार्च ४,१८१८३७ ।
८.Vice President – Martin Van Buren – Democratic Party-कार्यकाल – १८३३-१८३७। डिसेम्बर २८, १८३२ पछि रिक्त।
– Andrew Jackson सम्पूर्ण राष्ट्रिय ऋण चुक्ता गर्ने पहिलो राष्ट्रपति ।
– झुपडीमा जन्मेको पहिलो राष्ट्रपति ।
– आप्रवासी आमा-बावुबाट जन्मेको पहिलो राष्ट्रपति ।
– बाबुको मृत्युपछि जन्मेको पहलो राष्ट्रपति।
– Democrat party बाट निर्वाचित हुने पहिलो राष्ट्रपति।
– पारपाचुके गरेकी महिलालाई बिबाह गर्ने पहिलो राष्ट्रपति।
– हत्या गर्ने निशानामा रहेको पहिलो राष्ट्रपति।

८. President-Martin Van Buren – Democrat Party – जीवनकाल-डिसेम्बर ५,१७८२-जुलाई २४, १८६२। कार्यकाल-मार्च ४, १८३६-मार्च ४,१८४१ । ९. Vice President – Richard Mentor Johnson – Democratic Party – कार्यकाल- १८३७-१८४१।
– Martin Van Buren स्वतन्त्रताको घोषणा पछि जन्मेको पहिलो राष्ट्रपति ।
– गैर-अंग्रेजी भाषी पहिलो राष्ट्रपति ।

९. President- William Henry Harrison – Whig Party – जीवनकाल- फेब्रुअरी ९,१७७३- अप्रिल ४, १८४१। कार्यकाल – मार्च ४, १८४१- अप्रिल ४, २८४१। १०. Vice President – Johan Tyler – Whig Party-कार्यकाल-१९४१-१८४१ ।
– William Henry Harrison Whig party बाट निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– १० भन्दा बढी छोरा-छोरी(Children) भएको पहिलो राष्ट्रपति ।
– Executive Orger (कार्यकारी आदेश) जारी नगर्ने पहिलो राष्ट्रपति ।
– ५००० शब्द भन्दा बढी उद्घाटन भाषण दिने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति बहाल छदै मृत्यु हुने पहिलो राष्ट्रपति ।
– एक पूर्ण कार्यकाल भन्दा कम (only one calendar year) सेवा गर्ने पहिलो राष्ट्रपति ।

१०. President-John Tyler – Whig Party – जीवनकाल-मार्च २९,१७९०-जनवरी १८,१८६२। कार्यकाल-अप्रिल ४,१८४१-मार्च ४, १८४५। Vice President-रिक्त
– John Tyler पूवर्वर्तीको मृत्यपछि राष्ट्रपति पदमा आरोहण गर्ने पहिलो राष्ट्रपति ।
– पद बहाली गर्दा ५० वर्ष भन्दा कम उमेर हुने पहिलो राष्ट्रपति ।
– Veto रद्द गर्ने पहिलो राष्ट्रपति ।
– पदमा बहाल छदा विधुर हुने र पुनर्बिबाह गर्ने पहिलो राष्ट्रपति ।
– अमेरिकाको संविधान अनुमोदनपछि जन्मेको पहिलो राष्ट्रपति ।
– पदमा बहाल छदै पार्टीबाट निष्काशित हुने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति भएपछि जन्मेका नाति-नातिनाहरू २१ सौं शताब्दिमा जीवित रहेका पहिलो राष्ट्रपति ।

११. President- James K. Polk – Democratic Party – जीवनकाल – नोभेम्बर २,१७९५-जुन १५, १८४९।कार्यकाल- मार्च ४, १८४५-मार्च ४, १८४९।११. Vice President – George M. Dallas – Democratic Party – कार्यकाल-१८४५-१८४९।
– James K. Polk ५० वर्ष नपुग्दै निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– प्रतिनिधि सभाको सभामुख भैसकेको ब्यक्ति निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– आफु जन्मेको राज्यबाट हारे पनि निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– आफ्नो पार्टीबाट “कालो घोडा” को रूपमा मनोनित हुने पहिलो राष्ट्रपति ।
– पदावधि सकिएपछि पुन:निर्वाचन नलड्ने पहिलो राष्ट्रपति ।
– ६० बर्ष नपुग्दै मृत्यु हुने पहिलो राष्ट्रपति ।

१२. President-Zachary Taylor – Whig Party-जीवनकाल-नोभेम्बर २४, १७८४- जुवाई ९, १८५०। कार्यकाल- मार्च ४, १८४९- जुलाई ९, १८५०।१२. Vice President – Millard Fillmore – Whig Party-कार्यकाल- १८४९-१९५०।
– Zachary Taylor मेक्सिकन-अमेरिकन युध्दमा सेवा गर्ने पहिलो राष्ट्रपति ।
-आफ्नो पार्टीको कंग्रेसको कुनै पनि सदनमा बहुमत नभएको बेला जित्ने पहिलो राष्ट्रपति ।
-नोभेम्बरमा चुनाव जित्ने पहिलो राष्ट्रपति ।
-३ पटक Congressional Gold Medal बाट विभूषित हुने पहिलो राष्ट्रपति ।
-‘First Lady’ शब्द प्रयोग गर्ने पहिलो राष्ट्रपति ।

१३. President – Millard Fillmore – Whig party-जीवनकाल-जनवरी ७, १८००- मार्च ८, १८७४। कार्यकाल- जुवाई ९, २८५०-मार्च ४, १८५३। Vice President – रिक्त ।
– Millard Fillmore ह्वाइट हाउसमा स्थायी पुस्तकालय स्थापना गर्ने पहिलो राष्ट्रपति ।
– १८०० रौ शताब्दिमा जन्मेको पहिलो राष्ट्रपति ।
– ह्वइट हाउसमा Bathtub र Kitchen Stove जडान गर्ने पहिलो राष्ट्रपति ।

१४. President – Franklin Pierce – Democratic Party-जीवनकाल-नोभेम्बर २३,१८०४- अक्टुबर ८, १८६९। कार्यकाल- मार्च ४, १८५३-मार्च ४, १८५७। १३. Vice President – William R. King – Democratic Party- कार्यकाल-१८५३- १९५३।अप्रिल१८, १८५३ पछि रिक्त।
– Franklin Pierce अलिखित(from memory)उद्घाटन भाषण दिने पहिलो राष्ट्रपति ।
– पहिलो राष्ट्रपति जो दोस्रो निर्वाचनमा निर्वाचित भएर पनि आफ्नो पार्टीले मनोनयन नगरेकाले पराजित भए ।
– ह्वाइट हाउसमा Christmas Tree राख्ने पहिलो राष्ट्रपति ।
– पुरै कार्यकाल Original Cabinet Members कायम राख्ने पहिलो राष्ट्रपति ।

१५. President-James Buchanan – Democratic Party-जीवनकाल-अप्रिल २३, १७९१-जुन १, १८६८। कार्यकाल-मार्च ४, १८५७- मार्च ४, १८६१। १४. Vice President – Johan C. Breckinridge-Democratic party-कार्यकाल- १८५७-१८६१।
– James Buchanan पहिलो स्नातक राष्ट्रपति ।
-विद्वानहरूको मूल्यांकनमा राष्ट्रको सबभन्दा खराबमध्येको राष्ट्रपति ।

१६. President – Abraham Lincoln-Republican/National union party-जीवनकाल-फेब्रुअरी १२, १८०९-अप्रिल १५, १८६५। कार्यकाल-मार्च ४, १८६१-अप्रिल १५, १८६५। १५. Vice president – Hannibal Hamlin-Republican party-कार्यकाल-१८६१-२८६५।
१६. Vice President – Andrew Johnson – National union party-कार्यकाल-१८६५-१८६५।
– Abraham Lincoln मूल १३ राज्यभन्दा बाहिरको पहिलो राष्ट्रपति ।
– प्रतिलिपी अधिकार प्राप्त(to hold patent) पहिलो राष्ट्रपति ।
– प्रजातन्त्रलाई “of the people, by the people and for the people” भनेर परिभाषित गर्ने पहलो राष्ट्रपति ।
– Republican Party बाट निर्वाचित पहिलो राष्ट्रपति ।
– दाह्री पाल्ने पहिलो राष्ट्रपति ।
– हत्या हुने पहिलो राष्ट्रपति ।

१७. President – Andrew Johnson – Democratic Party-जीवनकाल-डिसेम्बर २९, १८०८-जुलाई ३१, १८७५। कार्यकाल-अप्रिल १५, १८६५-मार्च ४, १८६९। Vice President- रिक्त।
– Andrew Johnson पूर्ववर्तिको हत्यापछि राष्ट्रपति पदारोहण गर्ने पहिलो राष्ट्रपति।
– प्रतिनिधि सभाबाट महाभियोग लागेको पहिलो राष्ट्रपति।
– राष्ट्रपति भएछि सिनेटमा सेवा गर्ने पहिलो राष्ट्रपति।
– २० भन्दा बढी Veto जारी गर्ने पहिलो राष्ट्रपति।

१८. President – Ulysses S. Grant-Republican Party – जीवनकाल – अप्रिल २७, १८२२- जुलाई २३, १८८५। कार्यकाल-मार्च ४, १८६९-मार्च ४, १८७७। १७. Vice President – Schuyler Colfax – Republican Party-कार्यकाल-१८६९-१८७३।१८.Vice President-Henry Wilson – कार्यकाल-१८७३-१८७५। नोभेम्बर २२, १८७५ पछि रिक्त ।
– Ulysses S. Grant ५० भन्दा बढी विधेयकमा veto जारी गर्ने पहिलो राष्ट्रपति।
– राष्ट्रपति छदै आयरल्याण्ड.इजिप्ट, चीन र जापान भ्रमण गर्ने पहलो रा्ष्ट्रपत(सन् १८७८-८९)
– आफ्नो सॅस्मरण (Memoirs) प्रकाशित गर्ने पहलो राष्ट्रपति ।
– ४० भन्दा बढी Pocket Veto जारी गर्ने पहिलो राष्ट्रपति ।
– १०० भन्दा बढी कार्यकारी आदेश (Executive Order) जारी गर्ने पहिलो राष्ट्रपति।
– गृहयुद्घमा सेवा गररेको पहिलो राष्ट्रपति।
– भारतीय प्रमुखलाई ह्वाइट हाउसमा आतिथ्यता प्रदान गर्ने पहिलो राष्ट्रपति।

१९. President – Rutherford B. Hayes-Republican Party-जीवनकाल-अक्टुबर ४, १८२२- जनवरी १७ १८९३। कार्यकाल-मार्च ४, १८७७- मार्च ४, १८८१। १९. Vice President – William A. Wheeler-Republican party-कार्यकाल-१८७७-१८८१ ।
– Rutherford B. Hayes state thanksgiving dinner आयोजना गर्ने पहिलो राष्ट्रपति ।
– ह्वाईट हाउसमा टेलिफोन र टाइपराइटर जडान गर्ने पहिलो राष्ट्रपति ।
– इलेक्टोरल Vote जित्ने Popular Vote हार्ने पहिलो राष्ट्रपति ।
– अमेरिकी गृहयुद्घमा घाइते हुने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति छदै अमेरिकाको पश्चिमी समुन्द्र तटमा भ्रमण गर्ने पहिलो राष्ट्रपति।

२०. President – James A. Garfield – Republican Party – जीवनकाल-नोभेम्बर १९, २८३१- सेप्टेम्बर २८,१८८१। कार्यकाल-मार्च ४, १८८१-सेप्टेम्बर १९, १८८१।२०. Vice President – Chester A. Arthur – Republican Party-कार्यकाल-१८८१-१८८१ ।
– James A. Garfield राष्ट्रपति पदमा प्रतिनिधि सभाबाट सिधै निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– पहिलो देब्रे(Left Handed) राष्ट्रपति ।
– ५० बर्ष नपुग्दै मृत्यु हुने पहिलो राष्ट्रपति ।
– विश्वविध्यालयको अध्यक्ष भै काम गरेको पहिलो राष्ट्रपति ।

२१. President – Chester A. Arthur-Republican Party-जीवनकाल-अक्टुबर ५, १८२८-नोभेम्बर १८, २८८६। कार्यकाल-सेप्टेम्बर १९, १८८१- मार्च ४, १८८५। Vice President-रिक्त ।
– Chester A. Arthur आफ्नै घरमा शपथ लिने पहिलो राष्ट्रपति ।
– ह्वाइट हाउसमा Elevator जडान गर्ने पहिलो राष्ट्रपति ।

२२. President – Grover Cleveland – Democratic Party-जीवनकाल-मार्च १८, १८३७-जुन २४, १९०८। कार्यकाल-मार्च ४, १८९५- मार्च ४, १८८९।२१. Vice President – Thomas A. Hendricks – Democratic Party-कार्यकाल-१८८५-१८८५।
– Grover Cleveland ह्वाइट हाउसमा बिबाह गर्ने पहिलो राष्ट्रपति।
– ह्वाईट हाउसमा बच्चा जन्माउने पहिलो राष्ट्रपति।

२३. President-Benjamin Harrison – Republican Party- जीवनकाल-अगष्ट २०, १८३३- मार्च १३, १९०१। कार्यकाल-मार्च ४, १८८९- मार्च ४, १८९३। २२. Vice President- Levi P. Morton – Republican Party-कार्यकाल-१८८९-१८९३।
– Benjamin Harrison पूर्ब राष्ट्रपतिको नाति पहिलो राष्ट्रपति(नवौ राष्ट्रपति William Henry Harrison को नाति)
– ह्वाइट हाउसमा Electric Lighting जडान गर्ने पहिलो राष्ट्रपति ।
– Voice Record गर्ने पहिलो राष्ट्रपति ।
– आफ्नो पूर्ववर्ती राष्ट्रपति Grover Cleveland द्वारा अघि सारिएको पहिलो सफल राष्ट्रपति ।

२४. President – Grover Cleveland – Democratic Party – जीवनकाल-मार्च १८, १८३७-जुन २४, १९०८ कार्यकाल-मार्च ४, १८९३-मार्च ४, १८९७। २३. Vice President- Adlai Stevenson – Democratic party-कार्यकाल- १८९३-१८९७।
– Grover Cleveland एक कार्यकाल पछि पुन: राष्ट्रपति निर्वाचित हुने पहिलो राष्ट्रपति।

२५. President-William McKinley – Republican Party-जीवनकाल-जनवरी २९,१८४३- सेप्टेम्बर १४,१९०१। कार्यकाल-मार्च ४, १८९७- सेप्टेम्बर १४,१९०१।२४. Vice President – Garret Hobart – Republican Party-कार्यकाल-१८९७-१८९९।२५.Vice President-Theodore Roosevelt – Republican Party-कार्यकाल-१९०१-१९०१ ।
नोभेम्बर २१, १८९९ पछि रिक्त।
– William McKinley Automobile चढ्ने पहिलो राष्ट्रपति।
– टेलिफोनबाट अभियान गर्ने पहिलो राष्ट्रपति।

२६. President – Theodore Roosevelt – Republican Party-जीवनकाल-अक्टुबर २७, १८५८-जनवरी ६, १९१९ कारियकाल-सेप्टेम्बर १४, १९०१-मार्च ४, २९०९। २६. Vice President-Charles W. Fairbanks – Republican Party-कार्यकाल- १९०५-२९०९।मार्च ४, १९०५ मा रिक्त।
– Theodore Roosevelt पूर्ववर्तिको मृत्युपछि राष्ट्रपति पदारोहण गर्ने र पछि आफ्नै अधिकारद्वारा राष्ट्रपति निर्वाचित हुने पहिलो राष्ट्रपति ।
– नोवेल शान्ति पुरस्कारद्वारा विभूषित हुने पहिलो राष्ट्रपति(पहिलो अमेरिकन)
– हवाईजहाज र Submarine चढ्ने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति छदै विदेश भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– Medal Of Honor पाउने पहिलो राष्ट्रपति ।
– १००० भन्दा बढी कार्यकारी आदेश(Executive Order) जारी गर्ने पहिलो राष्ट्रपति ।
– भूतपूर्व राष्ट्रपति भएपछि Global Govrnance का लागि आह्वान गर्ने पहिलो राष्ट्रपति ।

२७. President – William Howard Taft – Republican Party – जीवनकाल-सेप्टेम्बर १५, १८५७-मार्च ८, १९३०। कार्यकाल-मार्च ४, १९०९-मार्च ४, १९१३। २७. Vice President – James S. Sherman-Republican Party -कार्यकाल- १९०८-१९१२।अक्टुबर ३०, १९१२ पछि रिक्त।
– William Howard Taft आफ्नै Automobile भएको पहिलो राष्ट्रपति।
– संघीय न्यायपालिकामा सेवा गरेको पहिलो राष्ट्रपति।
– राष्ट्रपति पछि अमेरिकाको प्रधानन्यायधिश हुने पहिलो र अन्तिम राष्ट्रपति।
– Oval office प्रयोग गर्ने पहिलो राष्ट्रपति।
– सबै २८ Contiguous State को अध्यक्षता गर्ने पहिलो राष्ट्रपति।
– Arlington National Cemetery मा समाधिस्त हुने पहिलो राष्ट्रपति।

२८. President-Woodrow Wilson – Democratic Party-जीवनकाल-डिसेम्बर २८, १८५६- फेब्रुअरी ३, १९२४। कार्यकाल-मार्च ४, १९१३-मार्च ४, १९२१। २८. Vice President – Thomas R. Marshal – Democratic Party – कार्यकाल- १९१३-१९२१ ।
– Woodrow Wilson “राष्ट्रिय आपत्काल” घोषणा गर्ने पहिलो राष्ट्रपति ।
– विध्यावारिधि गर्ने पहिलो राष्ट्रपति ।
– पदमा छदै युरोप भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– नियमित प्रेस कन्फ्रेन्स गर्ने पहिलो राष्ट्रपति ।
– यहूदीलाई सर्वोच्च अदालतमा नियुक्ति गर्ने पहिलो राष्ट्रपति ।
– World Series Game मा उपस्थित हुने पहिलो राष्ट्रपति ।
– Washington D.C.मा समाधिस्त हुने पहिलो राष्ट्रपति ।

२९. President – Warren G. Harding – Republican Party-जीवनकाल-नोभेम्बर २, १८६५- अगष्ट २, १९२३। कार्यकाल-मार्च ४, १९२१- अगष्ट २, १९२३। २९.Vice President – Calvin Coolidge – Republican Party-कार्यकाल-१९२१-१९२३।
– Warren G. Harding सिनेटर बहाल छदै निर्वाचित पहिलो राष्ट्रपति ।
– लेफ्टिनेन्ट गभरनर भएको पहिलो राष्ट्रपति ।
– महिलाले मताधिकार प्राप्त गरे पछिको पहिलो राष्ट्रपति ।
– शपथ ग्रहण कार्यक्रममा जादा-आउदा Auto Mobile चढ्ने पहिलो राष्ट्रपति ।
– कार चलाउन सिक्ने पहिलो राष्ट्रपति ।
– क्यानाडा भ्रमण गर्ने पहिलो राष्ट्रपति ।

३०. President-Calvin Coolidge – Republican Party-जीवनकाल-जुलाई ४, १८७२- जनवरी ५, १९३३। कार्यकाल-अगष्ट २, १९२३-मार्च ४, १९२९। ३०.Vice President – Charles G. Dawes – Republican Party-कार्यकाल- १९२५-१९२९।
– Calvin Coolidge सिक्कामा देखिने पहिलो राष्ट्रपति ।
_गभरनर र लेफ्टिनेन्ट गभरनर भएको पहिलो राष्ट्रपति ।
_क्युवा भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
-ह्वाइट हाउसबाट रेडियोमा प्रसारित हुने पहिलो राष्ट्रपति ।

३१. President – Herbert Hoover – Republican Party-जीवनकाल-अगष्ट १०, १८७४-अक्टुबर २०, १९६४। कार्यकाल-मार्च ४, १९२९ मार्च ४, १९३३।३१.Vice President-Charles Curtis-Republican Party -कार्यकाल- १९२९-१९३३।
– Herbert Hoover आफ्नो Desk मा टेलिफोन हुने पहिलो राष्ट्रपति ।

३२. President-Franklin D. Roosevelt – Democratic Party-जीवनकाल-जनवरी ३०, १८८२-अप्रिल १२, १९४५। कार्यकाल-मार्च ४, १९३३- अप्रिल १२, १९४५। ३२. Vice President- Johan Nance Garner – Democratic Party-कार्यकाल- १९३३-१९४१।३३.Vice President-Henry A. Wallace – Democratic Party-कार्यकाल-१९४१-१९४५।३४.Vice President-Harry S. Truman-Democratic Party-कार्यकाल-१९४५-१९४५।
– Franklin D. Roosevelt ४ पटक राष्ट्रपति हुने पहिलो राष्ट्रपति ।
– २० जनवरीमा पद बहाली गर्ने पहिलो राष्ट्रपति ।
– National Ticket मा ५ पटक देखिने पहिलो राष्ट्रपति ।
– टेलिभिजनमा देखिने पहिलो राष्ट्रपति ।
– Cabinet Post मा महिलाई नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– Presidential Library स्थापना गर्ने पहिलो राष्ट्रपति ।
– ६०० भन्दा बढी विधेयकमा veto प्रयोग गर्ने पहिलो राष्ट्रपति ।
– २५० भन्दा बढी Pocket Veto जारी गर्ने पहिलो राष्ट्रपति ।
– दक्षिण अमेरिका भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– सोभियत संघमा भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– यन् १९४५ मा साउदी अरवियाका राजा Ibn Saud संग भेट्ने पहिलो राष्ट्रपति ।
– इरान भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– ३ वटा उपराष्ट्रपति हुने पहिलो राष्ट्रपति ।
– अफ्रिका भ्रमण गर्ने पहिलो राष्ट्रपति ।

३३. President – Harry S. Truman-Democrat Party – जीवनकाल-मे ८, १८८४-डिसेम्बर २६, १९७२। कार्यकाल-अप्रिल १२, १९४५-जनवरी २०, १९५३। ३५. Vice President-Alben W. Barkley – Democratic Party-कार्यकाल- १९४९-१९५३।जुन २०, १९४९ मा रिक्त।
– Harry S. Truman Secret Service Codename दिइएको पहिलो राष्ट्रपति ।
– युद्घमा Nuclear Weapons प्रयोग गर्ने पहिलो राष्ट्रपति ।
– जर्मनी भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– पहिलो विश्वयुद्घमा सेवा गर्ने पहिलो राष्ट्रपति ।
– उद्घाटन समारोह टेलिभिजनद्वारा प्रसारण गरिएको पहिलो राष्ट्रपति ।
– जनवरी २० मा कार्यालय छोड्ने पहिलो राष्ट्रपति ।
– Medical Card प्राप्त गर्ने पहिलो राष्ट्रपति र ब्यक्ति ।

३४. President-Dwight D. Eisenhower – Republican Party-जीवनकाल-अक्टुबर १४, १८९०-मार्च २८, १९६९। कार्यकाल-जनवरी २०,१९५३-जनवरी २०, १९६१। ३६. Vice President-Richard Nixon-Republican Party-कार्यकाल- १९५३-१९६१ ।
– Dwight D. Eisenhower दुबै विश्वयद्घमा सेवा गरेको पहिलो राष्ट्रपति ।
– Jet aircraft र Helicopter मा भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– Pilot Licence पाउने पहिलो राष्ट्रपति ।
– सन् १९५५ मा टेलिभिजनमा News Conference गर्ने पहिलो राष्ट्रपति ।
– Color Television देखिने पहिलो राष्ट्रपति ।
– विदेशी राष्ट्रबाट २२ वटा Honorary Knighthood प्राप्त गर्ने पहिलो राष्ट्रपति ।
– “सहयोगी अभियान बल” को सर्वोच्च कमाण्डको कार्य गरे बापत ‘Soviet Order Of Victory’ पाउने पहिलो राष्ट्रपति र पहिलो अमेरिकन ।
– Emmy Award पाउने पहिलो राष्ट्रपति ।

३५. President – Johan F.Kennedy-Democratic Party-जीवनकाल-मे २९, १९१७- नोभेम्बर २२, १९६३ । कार्यकाल-जनवरी २०, १९६१-नोभेमेबर २३, १९६३ । ३७. Vice President- Lyndon B. Johnson – Democratic Party-कार्यकाल १९६१-१९६३।
– Johan F.Kennedy Catholic पहिलो राष्ट्रपति ।
– २०सौं शताब्दिमा जन्मेको पहिलो राष्ट्रपति ।
– टेलिभिजनद्वारा प्रसारित पहिलो राष्ट्रपतिय बहश(Presidential Debates) मा भावी राष्ट्रपति Richard Nixon संगै भाग लिने पहिलो राष्ट्रपति ।
– Boy Scout पहिलो राष्ट्रपति ।
– ‘Pulitzer Prize’ बाट विभूषित पहिलो राष्ट्रपति ।
– संयुक्त राज्यको नौसेनामा सेवा गरेको पहिलो राष्ट्रपति ।
– Situation Room प्रयोग गर्ने पहिलो राष्ट्रपति ।
– बहाल छदै आष्ट्रिया, कोस्टारिका,भेनेजुयला र आयरल्याण्ड भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– Navy and Marine Corps Medal पाउने पहिलो राष्ट्रपति ।

३६. President – Lyndon B. Johnson – Democratic Party-जीवनकाल-अगष्ट २७, १९०८- जनवरी २२, १९७३। कार्यकाल-नोभेम्बर २२, १९६३-जनवरी २०, १९६९। ३८.Vice President – Hubert HumphreyDemocratic Party-कार्यकाल- १९६५-१९६९।जनवरी २०, १९६५ मा रिक्त।
– Lyndon B. Johnson हवाईजहाजमा शपथ लिने पहिलो राष्ट्रपति ।
– महिलाद्वारा शपथ लिने पहिलो राष्ट्रपति ।
– दोस्रो शपथ ग्रहण समारोहमा जादा-आउदा bullet-proof car चढ्ने पहिलो राष्ट्रपति ।
– सर्वोच्च अदालतमा अफ्रिकन-अमेरिकनलाई नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– अष्ट्रेलिया,न्युजिल्याण्ड,भियतनाम,थाइल्याण्ड,मलेशिया,सुरिनाम,होन्डुरस,निकारागुआ, एल सेल्बाडोर,र ग्वाटेमाला भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– Cabinet Post मा अफ्रिकन-अमेरिकनलाई नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– Silver Star पाउने पहलो राष्ट्रपति ।

३७. President – Richard Nixon – Republican Party-जीवनकाल-जनवरी ९, १९१३–अप्रिल२२, १९९४ । कार्यकाल- जनवरी २०, १९६९-अगष्ट ९, १९७४। ३९. Vice President – Spiro Agnew-Republican Party-कार्यकाल-१९६९-१९७३।४०.Vice President-Gerald Ford-Republican party-कार्यकाल-१९७३-१९७४।अक्टुबर १०, र डिसेम्बर ६, १९७३ मा रिक्त ।
– Richard Nixon पहिलो Presidential debate मा भूतपूर्व राष्ट्रपति John F. Kennedy संगै भाग लिने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति छदै जनगणतन्त्र चीन,इन्डोनेशिया,रोमानिया,युगोस्लाभिया,इजरायल, पोल्याण्ड, आइसल्याण्ड, जोर्डन र सिरिया भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– वाटरगेट काण्डका कारण राष्ट्रपति पदबाट राजीनामा गर्ने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति Gerald Ford द्वारा राष्ट्रपति हुदा संयुक्त राज्य बिरूध्द गरेका कुनै पनि अपराधहरूमा पूर्ण र शर्तरहित माफी पाउने पहिलो राष्ट्रपति ।
– ५० वटै राज्य भ्रमण गर्ने पहिलो राष्ट्रपति ।

३८. President – Gerald Ford – Republican Party-जीवनकाल-जुलाई १४,१९१३-डिसेम्बर २६, २००६। कार्यकाल-अगष्ट ९, १९७४- जनवरी २०, १९७७। ४१. Vice President – Nelson Rockefeller – Republican Party-कार्यकाल-१९७४-१९७७।डिसेम्बर १९, २९७४ मा रिक्त।
– Gerald Ford पूर्ववर्तीको राजीनामा पछि राष्ट्रपति पदारोहण गर्ने पहिलो राष्ट्रपति ।
– Distinguished Eagle Scout Award पाउने पहिलो राष्ट्रपति ।
– राष्ट्रपति छदै जापान र फिनल्याण्डको भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– भूतपूर्ब राष्ट्रपतिलाई माफी दिने पहिलो राष्ट्रपति ।
– Medical Checkup गरेको पूर्ण बिबरण सार्बजनिक गर्ने पहिलो राष्ट्रपति ।

३९. President- Jimmy Carter – Democratic Party-जीवनकाल-अक्टुबर १, १९२४-जीबित। कार्यकाल-जनवरी २९, १९७७- जनवरी २०, १९८१। ४२. Vice President – Walter Mondale-Democratic party-कार्यकाल-१९७६।
– Jimmy Carter अस्पतालमा जन्मेको पहिलो राष्ट्रपति ।
– आधिकारिक रूपमा उपनाम (Jimmy) प्रयोग गर्ने पहिलो राष्ट्रपति ।
– आफ्नो कार्यकालमा सर्वोच्च अदालतमा नियुक्त नगर्ने पहिलो राष्ट्रपति ।
– ७४ बर्षको उमेरमा बिबाह गर्ने पहिलो राष्ट्रपति ।
– ९६ बर्ष नाघेको पहिलो जीवित राष्ट्रपति ।

४०. President – Ronald Reagan – Republican Party-जीवनकाल-फेब्रुअरी ६,१९११-जुन ५, २००४ । कार्यकाल-जनवरी २०, १९८१- जनवरी २०, १९८९। ४३. Vice President – George H. W. Bush – Republican Party-कार्यकाल- १९७१-१९८९।
– Ronald Reagan निर्वाचित हुदा ६९ बर्ष नाघेको पहिलो राष्ट्रपति ।
– समबन्ध विच्छेद गर्ने पहिलो राष्ट्रपति ।
– सर्वोच्च अदालतमा महिलालाई नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– West Front of the United States Capitol Building मा शपथ लिने पहिलो राष्ट्रपति ।
– Olympic Games मा उपस्थित हुने र उद्घाटन गर्ने पहिलो राष्ट्रपति ।
– ब्रिटिश संसदको दुबै सदनमा सम्बोधन गर्ने पहिलो राष्ट्रपति ।
– Hollywood Walk of Fame मा star हुने पहिलो राष्ट्रपति ।
– Golden Globe Award जित्ने पहिलो राष्ट्रपति ।
– ९३ बर्ष बॅाच्ने पहिलो राष्ट्रपति ।
– हत्याको प्रयासमा घाइते हुने पहिलो राष्ट्रपति ।
– सर्वोच्च अदालतमा इटालियन-अमेरिकनलाई नियुक्त गर्ने पहिलो राष्ट्रपति।

४१. President – George H. W. Bush – Republican Party- जीवनकाल-जुन १२,१९२४-नोभेम्बर ३९,२०१८। कार्यकाल-जनवरी २०,१९८९-जनवरी २०,१९९३। ४४. Vice President – Dan Quayle – Republican Party-कार्यकाल-१९८९-१९९३ ।
– George H. W. Bush कार्यबाहक राष्ट्रपति हुने पहिलो राष्ट्रपति।(Colon Surgery का कारण राष्ट्रपति Ronald Reagan ८ घण्टा बेहोश भएपछि)
– राष्ट्रपति छदै हंगेरी, नेदरल्याण्ड,चेकोस्लोबाकिया,सिंगापुर, सोमालिया, र रूसी महासंघको भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– C.I.A. को निर्देशकमा सेवा गरेको पहिलो राष्ट्रपति ।
– संयुक्त राष्ट्रसंघमा अमेरिकाको राजदूत भै सेवा गरेको पहिलो राष्ट्रपति ।
– नौसेनाको चालक भै सेवा गरेको पहिलो राष्ट्रपति ।
– ९४ बर्ष बॅाच्ने पहिलो राष्ट्रपति ।

४२. President – Bill Clinton – Democrat Party-जीवनकाल-अगष्ट१९,१९४६-जीबित। कार्यकाल-जनवरी २०, १९९३-जनवरी २०, २००१ । ४५.Vice President – Al Gore- Democratic Party-कार्यकाल-१९९३-२००१।
– Bill Clinton राष्ट्रपति छदै उक्रेन, बेलारूस, लाटभिया, कुवेत, द चेक रिपब्लिक, बोस्निया एण्ड हर्जगोभिना, क्रोसिया, डेन्मार्क, घाना, उगाण्डा, रूवाण्डा, दक्षिण अफ्रिका, बोत्स्वाना, सेनेगल, स्लोभानिया, द रिपब्लिक अफ मेसेडोनिया, नर्वे, बुल्गारिया, कोसोभो, बंगलादेश, ओमान, तान्जानिया, ब्रुनाई, प्यालेस्टिनियन नेश्नल अथोरिटी र रियुनाइटेड भियतनाम भ्रमण गर्ने पहिलो राष्ट्रपति ।
– Email पठाउने पहिलो राष्ट्रपति ।
– पहिलो राष्ट्रपति जसको शपथ ग्रहण समारोह इन्टरनेटमा प्रसार गरिएको थियो ।
– एशियन-अमेरिकनलाई Cabinet Post मा नियु्क्त गर्ने पहिलो राष्ट्रपति ।

४३. President-George W. Bush – Republican Party-जीवनकाल-जुलाई ६,१९४६-जीबित। कार्यकाल-जनवरी २०,२००१-जनवरी २०,२००९। ४६.Vice President – Dick Cheney – Republican Party-कार्यकाल-२००१-२००९।
– George W. Bush Winter Olympic Games उद्घाटन गर्ने पहिलो राष्ट्रपति ।
– विदेशमा Olympic Games मा उपस्थित हुने पहिलो राष्ट्रपति।(Beijing summer Olympic 2008)
– दिवाली मनाउने पहिलो राष्ट्रपति ।
– पहिलो निर्वाचनमा लोकप्रिय मत हार्ने र दोस्रो निर्वाचनमा लेकप्रिय मत जित्ने पहिलो राष्ट्रपति ।

४४. President – Barack Obama – Democratic Party-जीवनकाल-अगष्ट ४,१९६१-जीबित। कार्यकाल-जनवरी २०,२००९-जनवरी २०, २०१७ ४७.Vice President – Jo Biden-Democratic Party-कार्यकाल- सन् २००९-२०१७।
– Barack Obama ४८ contiguous states भन्दा बाहिर जन्मेको पहिलो राष्ट्रपति ।
– अफ्रिकन-अमेरिकन पहिलो राष्ट्रपति ।
– समलिंगी बिबाहलाई मान्यता दिने पहिलो राष्ट्रपति ।
– Catholic उपराष्ट्रपति बनाउने पहिलो राष्ट्रपति ।
– Former First Lady Hilary Clinton लाई Cabinet मा नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– ल्याटिनो-अमेकनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने पहिलो राष्ट्रपति ।
– ह्वाइट हाउसमा “दिवाली” को लागि “दिया” जलाउने पहिलो राष्ट्रपति ।

४५. President – Donald Trump  Republican Party- जीवनकाल-जुन १४,१९४६- बहावाला राष्ट्रपति । कार्यकाल-जनवरी २०,२०१७। ४८.Vice President – Mike Pence-Republican Party-कार्यकाल-सन् २०१६-२०२०।
– Donald Trump ७० बर्षमा निर्वाचित पहिलो राष्ट्रपति ।
– प्रशासनिक, राजनीतिक,सैनिक कुनै अनुभब नभएको पहिलो राष्ट्रपति ।
– उद्घाटन समारेहमा रूढीवादी यहूदीले आशिर्बाद दिएको पहिलो राष्ट्रपति ।
– पद बहाली पूर्व अरवपति पहिलो राष्ट्रपति ।
– तीन पटक बिबाह गर्ने पहिलो राष्ट्रपति ।
– दुइ पटक सम्बन्ध विच्छेद गर्ने पहिलो राष्ट्रपति ।
– तीन वटी श्रीमतिहरूबाट बच्चाहरू भएको पहिलो राष्ट्रपति ।
– चीनको Forbidden City of Beijing मा भोजन गर्ने पहिलो राष्ट्रपति ।
– महाभियोग लगतै निर्वाचन सामना गर्ने पहिलो राष्ट्रपति ।
– जापानी सम्राट अकिहितो र नारूहितोलाई भेट्ने पहिलो राष्ट्रपति ।
– DMZ नाघेर उत्तर कोरिया प्रबेश गर्ने पहिलो राष्ट्रपति ।(Koreas-United States DMZ summit)

४६. President Elect – Jo Biden- (Joseph Robinette Biden Jr.)- Democratic Party-जीवनकाल-नोभेम्बर २०, १९४२ कार्यकाल-राष्ट्रपति निर्वाचित २०२०। ४९.Vice President Elect – Kamala Devi Harris-कार्यकाल- उपराष्ट्रपति निर्वाचित २०२० ।
– Jo Biden ७७ बर्षमा निर्वाचित पहिलो राष्ट्रपति ।
– अहिलेसम्मकै ज्येष्ट बहालवाला राष्ट्रपतिलाई हराउने पहिलो राष्ट्रपति ।
– सबभन्दा बढी लोकप्रिय मत प्राप्त गर्ने पहिलो राष्ट्रपति ।
राष्ट्रपति/उपराष्ट्रपति बारे उपरोक्त संक्षिप्त जानकारिबाट संयुक्त राज्य अमेरिकामा पद्दतीको निर्माण, विकास र जनचाहना सम्वोधन गर्न एकै दिन समंभव हुदैन भन्ने वास्तविक्तालाई सहजै वुझ्न सकिन्छ । पद्दतिको निर्माण, विकास र जनचाहना संवोधन गर्न समय लाग्छ । लोकतान्त्रिक सरकार “जनताको, जनता द्वरा र जनताको लागी” भएकोले लोकतन्त्रमा जायज मुद्धा निरन्तर उठाई रहनु पर्छ । त्यसको समयक्रममा अवश्य संवोधन हुन्छ ।

*प्रेमबहादुर सिंह पूर्व मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *